काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले बीमाको पहुँच विस्तार गर्न डिजिटल प्रणालीको विकास र ग्रामीण लक्षित कार्यक्रमलाई प्राथमिकता दिन नेपाल बीमा प्राधिकरणलाई निर्देशन दिएका छन्।
नेपाल बीमा प्राधिकरणको ५८औँ वार्षिकोत्सव विशेषांकका अवसरमा शुभकामना सन्देश दिँदै मन्त्री वाग्लेले ग्रामीण क्षेत्र तथा न्यून आय भएका नागरिकसम्म बीमा सेवा पुर्याउनु प्राधिकरणको प्रमुख चुनौती र जिम्मेवारी भएको बताएका छन्। ...
काठमाडौँ । मुलुकको कुल बेरुजु रकम सात खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। महालेखापरीक्षक कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमा उक्त तथ्य उल्लेख गरिएको हो।
महालेखापरीक्षक कार्यालयले आर्थिक वर्ष २०८१/८२ मा सङ्घ, प्रदेश, स्थानीय तह, सङ्गठित संस्था तथा सङ्घीय कानुनअनुसारका अन्य निकाय र समितिको गरी ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँ बराबरको लेखापरीक्षण...
काठमाडौं । नेपाल–भारत सीमा नाकाबाट दैनिक उपभोग्य वस्तुमा लगाइँदै आएको भन्सार शुल्क उठाउने सरकारी निर्णयलाई सर्वोच्च अदालतले तत्कालका लागि रोक लगाएको छ। शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सय रुपैयाँभन्दा बढी मूल्यका सामानमा कर असुल्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
भारतीय बजारबाट किनेर ल्याइने दैनिक उपभोगका सामानमा भन्सार शुल्क लगाउने व्यवस्था...